सांसद मेहताद्वारा ४ ओटा पालिकामा ब्यक्तिगत रूपमा ५०/५० हजारको दरले सहयोग प्रदान
संघीय सांसद सिताराम मेहताले प्रदेश १ अन्तरगत सुनसरीको ४ ओटा पालिकामा ब्यक्तिगत रूपमा ५०/५० हजारको दरले सहयोग प्रदान गरेका छन् ।
सुनसरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मेहताले सो क्षेत्र अन्तरगत पर्ने ४ वटा पालिकाहरुको राहत कोषमा ब्यक्तिगत तर्फबाट रू. ५० हजारको दरले जम्मा २ लाख प्रदान गरेका हुन् ।
देवानगंज, इनरुवा, रामधुनी र इटहरी पालिका अन्तरगतका दैनिक ज्यालादारी गरि गुजारा गर्ने गरिब तथा सुकुम्बासी जनतामाझ निर्वाध रूपमा राहत पुगोस् भन्दै उक्त पलिकाहरुको कोषमै रकम जम्मा गराएका हुन् ।
‘ब्यक्तिगत तर्फबाट मैले यो प्रयास गरेको छु, संसदीय कोषको रकमबारे पनि विभिन्न छलफल चल्दै छ, सांसद मेहताले नागरिक टाइम्ससँग भने संसदीय कोषको ६ करोड पनि यसपटक राहतमै प्रयोग हुनेछ सायद तर अहिले भने नीति बनिसकेको छैन’ ।
उनले भने मेरे निर्वाचन क्षेत्र अन्तरगत पर्ने गौतमपुर (हरिनगर गपा-३) का लागि पनि त्यहाँको वडा कार्यालयसंग समन्वय गर्दैछु, त्यहाँका जनताकालागि छुटै रुपमा राहत कोषमा सहयोग प्रदान गर्ने छु ।
लकडाउनलाई पुर्णरुपमा पालना गर्न र सफल बनाउन समेत उनले जनसमुदायसँग अपिल गरेका छन् । विश्वब्यापी कोरोनाको संकटबाट बच्न लकडाउन नै अचुक उपाय रहेकाले यसलाई सफल बनाउन सबैले आ-आफ्नै घरमा बस्नुपर्ने उनले बताए ।