संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ : ‘न सहमतिको सरकार न चुनाव’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको अहिलेको माग चुनाव नभएका् प्रष्ट पारेका छन् । आइतबार प्रवक्ता शर्माले ट्विटरमा लेख्दै व्यक्तिगत मतहरु व्यक्तिगत नै हुने भन्दै यस्ता मतलाई पार्टीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।
शर्माले संकटको घडीमा जिम्मेवार ढंगले सरकारलाई साथ दिने तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार विरुद्ध खरो उत्रने पनि उल्लेख गरेका छन् ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले मध्यावधि निर्वाचनको माग गरेको समाचार रिपोर्टर्स नेपाल डटकममा प्रकाशित भएपछि पार्टीभित्रैबाट महतको अभिव्यक्तिको आलोचना भएको छ ।
चौतर्फी आलोचना भएपछि र पार्टीको नाम समेत मुछिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि प्रवक्ता शर्माले यस्तो बताएका हुन् ।