दुहबी नगरपालिकाका मेयरले गरे १ करोडको राहत प्याकेज घोषणा
कोरोना भाइरसको संक्रमण फैलिन न दिन सरकारले लकडाउन लम्ब्याए पछि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले १ करोडको राहत प्याकेजको घोषणा गर्नु भएको छ। दुहबीका सम्पुर्ण जनप्रतीनिधीले चैत्र महिनाको सम्पुर्ण सरकारी सुबिधा राहत कोषमा दिने समेत निर्णय गरिएको छ।
तत्कालै राहत वितरण गर्न वडाध्यक्षलाई दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले निर्देशन दिनु भएको छ । पहिलो चरणमा दुहबी नगर पालिकाभरीबाट दैनिक ज्यालादारी गर्ने ५ हजारजना असंगठित मजदुरहरुलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल,१ किलो स्वाबिन वितरण गरिने नगर प्रमुखले जानकारी दिनु भएको छ । संगठित मजदुरको हकमाभने उद्योगले राहत उप्लबध गराउनु पर्ने र त्यसका लागि ट्रेड युनियन सग छ्लफल गरिएको बताउनु हुँदै दुहबी नगरपालिकाको राहत कोषमा रकम जम्मा गर्न सम्पुर्णलाई नगर प्रमुख गच्छदारले आव्हान समेत गर्नु भयो ।
बिहीवार दुहबी नगरपालिकाको सभा हलमा बसेको सर्ब दलिय बैठकमा राहत लिन नागरिकता अनिवार्य देखाउनु पर्ने जनाइएको छ । नागरिकता न हुनेले वडाअध्यक्ष बाट सिफारिस लिनु पर्ने समेत जनाइएको छ । दुहबीका चार जनालाई कोरोना भाइरसको आसंकामा क्वारेन्टाइन पठाइएको दुहबी स्वास्थ्य प्रमुख बिन्देस्वर मेहताले जानकारी दिएका छन । दुहबीको क्वारेन्टाइनमा सुरक्षाको कमि महसुस गरिएकोले उनिहरुलाई बाहिर पठाएको उनले बताए ।