अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर
सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वमाहामारी रुपभई विश्वलाईनै आतंकति बनाएको छ । सो अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्– यदि अमेरिका कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाखसम्म सीमित गर्न सके पनि ठूलो उपलब्धि हुनेछ ।
अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख ६४ हजार दुई सय ५३ पुगेको छ । जबकि चीनमा ८१ हजार ५ सय १८ जना सङ्क्रमित भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणको सुरुवात चीनबाट भए पनि अब चीन भाइरसको सङ्क्रमण र मृत्यु नियन्त्रित गर्न विश्वका अरु देशका तुलनामा केही सफल भएको छ ।
सङ्क्रमणको आधारमा इटली २ नम्बरमा छ । इटलीमा सङ्क्रमित हुनेको सङ्ख्या १ लाख एक हजार ७ सय ३९ पुगेको छ । ३ नम्बरमा रहेको स्पेनमा सङ्क्रमितको सङ्ख्या ८७ हजार ९ सय ५६ पुगेको छ ।
चीनको वुहान शहरमा कोरोना भाइरसबाट १ जना नयाँ सङ्क्रमित थपिएका छन् । वुहानमा एक हप्ताभरि कुनै नयाँ सङ्क्रमति थपिएका थिएनन् । एक हप्ताको अन्तरालमा यो सङ्क्रमणको पहिलो घटना हो ।
तर गएको ३० मार्चमा चीनमा कुल ४८ जना नयाँ सङ्क्रमित थपिएका थिए । ती सबै जना विदेशबाट फर्किएका थिए । साथै चीनको हुबेई प्रान्तमा एक जनाको मृत्यु भएको छ ।
चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ३ सय ५ जनाको मृत्यु भइसकेको छ । साथै सङ्क्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन् ।