Logo
२ मंसिर २०८१, आईतबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोकथाम गर्न साउदीमा अनिश्चितकालका लागि हवाई उडानसहित अन्य सेवाहरु बन्द

खाडीमुलुक अन्तरगत रहेको साउदीले कोरोना सङ्क्रमितको संख्या बढेपछि अनिश्चितकालका लागि अन्तराष्ट्रिय उडानसँगै निजी र सार्वजनिक सेवाहरु बन्द गरेको छ ।

तर आइतबार सङ्क्रमित र मृत्यु हुनेको संख्या पनि बढेपछि साउदीले अनिश्चितकालका लागि बन्द गरेको अरबीयन न्युजले जनाएको छ ।

आइतबार ९६ जना नयाँ सङ्क्रमितको सँख्या थपिएको र उनीहरुमध्ये २८ जना यात्राका कारण र ६८ जनामा पुराना सङ्क्रमितसँगको सम्पर्कका कारण भएको साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रियाद, मक्का र मदिनामा स्थानीय समय अनुसार दिउँसोको ३ बजेदेखि नै कर्फ्यु जारी गरिएको छ भने यी सहर लकडाउन पनि छन् ।एक सहरबाट अर्को सहरमा आउन जान पनि रोक लगाइएको छ ।

खाडीका अरु देशको तुलनामा साउदीमा कोरोना सङ्क्रमतिको सँख्या बढी भए पनि अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्