Logo
७ माघ २०८१, सोमबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना प्रभाव : डलरको भाउ फेरि बढ्यो

विश्वभरि कोरोनाको माहामारी फैलिरहेको अवस्थामा डलरको भाउ पनि तलमाथी भइरहेको छ । सो डलरको भाउ सोमबार फेरि थोरै बढेको छ ।

गएको हप्ता केही ओरालो लागेको  थियो ।सोमबार ८ पैसा बढेर अमेरिकी डलर १ को बिक्रीदर १ सय २० रुपैयाँ १६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आइतबार अमेरिकी डलर १ को बिक्रीदर १ सय २० रुपैयाँ ८ पैसा थियो । यस्तै १ डलरको खरिददर १ सय १९ रुपैयाँ ४८ पैसा थियो ।

गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्