दुहबीमा ७ बेड सहित २१ जनाको क्षमता भएको क्वारेन्टाइन तयार
सुनसरीको दुहबी वडा नम्बर ३ मा बन्द अवस्थामा रहेको अरुण बनस्पति उद्योग मा ७ वटा बेड सहित २१ जना क्षमता भएको क्वारेन्टाइनको सम्पुर्ण तयारी आज पुरा भएको छ । निरीक्षण गरे लगतै दुहबीका मेयर बेदनारायण गच्छदार आज आफै उप्स्थित भै क्वारेन्टाइनको काम सम्पन्न गराउनु भएको थियो । हिजो मात्र दुहबी ५ स्थित बन्द रहेको अस्पतालमा
७ बेड सहित क्वारेन्टाइनको सम्पुर्ण तयारी पूरा गरिएको
थियो ।