दुहबी नगरपालिकाले तोकेकै ठाउँमा क्वारेन्टाइनको सम्पुर्ण तयारी पुरा,दुहबी बजारको आपूर्ति ब्यब्स्था ब्यब्स्थित गर्ने
सुनसरीको दुहबी नगरपालिकाले दुहबी ५ स्थित बन्द अवस्थामा रहेको लुनकरणदास गंगादेबि चौधरी च्यारिटी अस्पतालमा कोरोना भाइरसको आसंका लागेकाहरुलाई रेफर गर्नकालागी ९ जनाको क्षमता भएको क्वारेन्टाइनको तत्काल ६ वटा बेड सहित सम्पुर्ण तयारी पूरा गरेको छ ।
दुहबी नगर पालिकाका मेयर बेद नारायण गच्छदारले दुहबीवासिको स्वास्थ्यलाई ध्यान राख्दै दुहबीमा कसैलाई कोरोना भाइरसको आसंका देखिन साथ आइसोलेसनमा रेफर गर्नकालागि क्वारेन्टाइनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु हुँदै दुहबी ८ स्थित स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सलाई क्वारेन्टाइनकोलागि तयारी अवस्थामा राख्न दुहबी नगर स्वास्थ्य प्रमुखलाई निर्देशन दिनु भयो । यसैगरी दुहबी वडा नम्बर ३ मा बन्द अवस्थामा रहेको अरुण बनस्पति उद्योग मा २० जना क्षमता भएको क्वारेन्टाइनकोलागि निरीक्षण गरिएको छ । निरीक्षण गरे लगतै मेयर गच्छदारले आवश्यक काम सुरु गर्न दुहबी नगर पालिकाका स्वास्थ्य प्रमुख र वडाध्यक्ष माधब भणडारीलाई निर्देशन दिनु भयो । दुहबीवासीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन विभिन्न योजनाहरु समेत सुरु गरि सकेको जनाउनु भयो । आवश्यक परेको बेला क्वारेन्टाइन सुरु गर्ने आफ्नो घोषणाअनुसार आज देखि क्वारेन्टाइन सुरु भएको जानकारी दिनु हुँदै मेयर गच्छदारले कोरोना भाइरस विरुद्ध लड्नकालागि १० लाखको कोष समेत स्थापना गर्ने तयारी गरेको बताउनुभयो ।
दुहबी नगर पालिकामा शुक्रबार बिहान भएको छ्लफलमा दुहबीमा खाधान्न तथा दैनिक उपभोग्य अति आवश्यक बस्तुहरुको आपूर्ति ब्यबस्था सहज बनाउने निर्णय गरिएको
थियो । छ्लफलमा दुहबीका जनप्रतीनिधीहरु,स्वास्थ्यकर्मीहरु,ब्यबसायीहरु, सुरक्षाकर्मीहरु लगायतले आपूर्ति ब्यबस्था सहज बनाउने निर्णय गरे सगै प्रतेक दिन बेलुका ३ बजे देखि ६ बजे सम्म वडा वडामा सब्जी,तरकारी ब्यब्स्थित ढंगबाट बेच बिखन गराउने निर्णय गरिएको छ । खाधान्न तथा सब्जी बेच्दा भिडभाड न गराइ रेखांकन गरेर दुरि कायम गरि ब्यबस्थित गर्नुपर्ने जनाइएको
छ । छ्लफलकै क्रममा सुनसरी सामुदायिक अस्पताल दुहबीका संचालक सन्तोष कुमार सिंहले क्वारेन्टाइनकोलागि ७ वटा बेड दिने घोषणा गरेका
छन् ।