Logo
४ आश्विन २०८१, शुक्रबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको आशंकामा सप्तरीमा ३ जना क्वारेन्टाइनमा, एकलाई धरान पठाउने तयारी

कतारबाट आएका सप्तरीका तीन जनालाई क्वारेन्टाइनमा राखिएकाे छ। कोरोना भाइरसको संक्रमणको आशंकामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाे हाे।

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका १, डाकनेश्वरी नगरपालिकाको पातोका १ र भारतीय क्षेत्रबाट नेपाल छिरेका १ गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएकाे जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।

हनुमाननगर र पातोका दुवै जनाले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चेकजाँच गराएका थिए। जसमध्ये हनुमाननगरका व्यक्तिलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।

यसैगरी, पखालाकाे समस्या देखिएका पातोका एक जनालाई पखाला ठीक भएपछि होम क्वारेन्टाइनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले बताए। सोमबार भारतीय नाका कुनौलीबाट नेपाल प्रवेश गरेका एक व्यक्तिलाई तिलाठी कोईलाडी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको यादवले जानकारी दिए।

यसैगरी, गत चैत ८ गते कतारबाट नेपाल आएका सुरुङ्गा नगरपालिका-८ का एक युवकलाई रुघाखोकी र लगातार ज्वरो आएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। २७ वर्षीय ती युवकले केही दिनअघि स्थानीय स्वास्थ्य केन्द्रमा जाँच गराएका थिए। उनमा ज्वरो र रुघाखोकी नरोकिएपछि उपचारमा पठाइएको प्रदेश २ का प्रेदशसभा सदस्य एवं नेकपाका प्रदेश सचिव गोविन्दबहादुर न्यौपानेले बताए।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्