Logo
४ आश्विन २०८१, शुक्रबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय सुनुवाई समितिको बैठक कोरोनाले रोकिएन, प्रस्तावित राजदूत पाण्डेको सुनुवाई सुरु

चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाई सुरु भएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अधिकांश सार्वजनिक तथा मानिस भेला हुने कार्यक्रम रोकिए पनि संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाईले भने सुरु भएको हो ।

चीनमा हाल राजदूत नरहेको र तत्कालीन राजदूत लिलामणि पौडेल पनि स्वदेश फिर्ता भएको तथा चीनसँग कोरोना भाइरसविरुद्धको सहयोगका लागि समन्वय गर्नु पर्ने भएकाले प्रस्तावित राजदूतको सुनुवाई गर्नका लागि समितिको बैठक भएको समितिका सचिव एवम् संघीय संसदका कार्यबाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।

केपी ओली सरकारले लिलामणि पौडेललाई फिर्ता बोलाएर पूर्व परराष्ट्रमन्त्री समेत रहेका पाण्डेलाई चीनका लागि राजदूत बनाउन भन्दै संसदीय समितिमा नाम सिफारिस गरेको हो ।

पाण्डे विरुद्ध केही उजुरी भए दिन भन्दै समितिले १० दिनको समय दिएको थियो । सार्वजनिक उजुरीका लागि दिइएको १० दिनको समयमा उनीविरुद्ध कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।

पाण्डेलाई २०७३ सालमै केपी ओली सरकारले चीनको राजूदतमा सिफारिस गरे पनि ओली सरकार अचानक ढलेका कारण सफल भएको थिएन ।

तर अहिले ओली सरकारले नै उनलाई पुनः चीनको राजदूतका लागि प्रस्तावित गरेको हो । सुनुवाई समितिमा सुनुवाई सकिए र उनको नाम अनुमोदन भएमा पाण्डे चीनका लागि राजदूत नियुक्त हुने छन् ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्