Logo
२ मंसिर २०८१, आईतबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचारको विशेष अस्पताल बनाउने सरकारको निर्णय

सरकारले सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचारको विशेष अस्पताल बनाउने सरकारको निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते राष्ट्रकाे नाममा गरेका संबाेधनपछि चैत ९ गते आइतबार उनको अध्यक्षतामा बसेकाे संघीय सरकार मन्त्रपरिषदकाे बैठकले निम्न निर्णयहरु गरेका छन् ।

– एक हप्तासम्म उत्तर र दक्षिणका नाकाहरूमा आवागमन बन्द । मालसामान (कार्गाे) ढुवानी सुचारू ।

– नेपाल आउने हवाई उडानहरू स्थगित ।

– लामाे दूरीका सवारी साधनकाे संचालनमा राेक ।

– अत्यावश्यक सेवाबाहेक अन्य सरकारी र सार्वजनिक काम बन्द ।

– नागरिकहरू सकेसम्म घर बाहिर निस्कन र भिंडमा जान सावधान ।

– ५० कराेडकाे काेष स्थापना, सबैलाई सक्दाे सहयाेग गर्न अपिल – सबैकाे साझा अभियान ।

– सशस्त्र प्रहरी अस्पताल बलम्बु काेरना आशंकितहरूकाे उपचार गर्ने छुट्टै अस्पताल ।

– खाद्यान्न, आैषधि र अत्यावश्यक वस्तुकाे पर्याप्त भण्डारण र आपूर्तिकाे व्यवस्था गर्न जिम्मेवारी निर्धारण ।

– नेपालमा हालसम्म एकजना पनि काेरना संक्रमित पाइएकाे छैन । त्यसैले, सावधान हाेआैं, आतंकित नबनाैं ।

– भ्रम नफैलाआैं, संयमित बनाैं,
सभ्य, स्वस्थ र स्वच्छ बनाैं ।

– नेपाल सरकार आम नेपालीकाे स्वास्थ्य, सुरक्षा र सर्वाेपरि हितमा कुनै कसर बाँकी नराखी अहाेरात्र क्रियाशील रहनेछ ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्