Logo
२ मंसिर २०८१, आईतबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाको संक्रमण तीब्र, स्वदेश फर्कने नेपालीको संख्या तेब्बरले बढ्यो

भैरहवा : छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन् ।

सुनौली हुँदै अहिले दैनिक १६ देखि १८ हजारसम्म नेपाली स्वदेश फर्किरहेको गरेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ । गत बर्ष यो समयमा दैनिक ४र५ हजारको संख्यामा मानिसहरु नेपाल आउने गरेको तथ्याङक छ ।

नेपाल आउनेको भिड बढेपछि स्वास्थ्य जाँचको लागि तीनवटै सुरक्षा निकायलाई खटाइएको छ । नेपाली सेनासहितका सुरक्षाकर्मीले नाकामा निगरानी बढाएका छन् । वेलहियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना लगाएर भिड व्यवस्थापन गरिएको स्थानीय प्रसाशनले जनाएको छ ।

यसैगरी प्रदेश ५ का सानाठूला गरी १७ नाकामा सर्वसाधारणको आउजाउ ह्वात्तै बढेको छ । ती नाका बन्द गर्नुको साटो प्रशासनले हेल्थ डेस्क सञ्चालन गरेर सहजीकरण गर्दै आएको छ  ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्