Logo
३ मंसिर २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात मन्त्रालयले चालक र सहचालकलाई १ लाख मास्क वितरण गर्ने

संघीय सरकार अन्तरगत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ लाख मास्क किनेर लामो दूरीमा गाडी चलाउने चालक र सहचालकलाई वितरण गर्ने भएको छ ।

मन्त्रालयले साझा स्वास्थ्य सेवासँग १ लाख थान सर्जिकल मास्क खरिद गरेर आजै साँझदेखि गोंगबु बसपार्कबाट छुट्ने गाडीका चालक र सहचालकलाई वितरण गर्ने छ ।

मन्त्रालयमा मन्त्री वसन्त नेम्वाङ, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाल, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र हिसान, व्यासन तथा एनब्यावसनलगायतका संस्थाका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो।

चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउन रोक लगाउने भएकोले त्यस बेलासम्म घर जान चाहने यात्रुका लागि पर्याप्त गाडीको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति: Mar 21, 2020

प्रतिक्रिया दिनुहोस्