Logo
१० मंसिर २०८१, सोमबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा बजार अनुगमन हुन्छ तर कारवाही किन हुदैन ? यस्तो छ कारण

दुहबी नगरपालिकाले बिहीबार गरेको बजार अनुगमनमा दुहबी बजारका २ स्वास्थ्य संस्था गैरकानूनीरुपमा सञ्चालन भएको पाइएपछि ३ दिन भित्र नगरपालिकामा हाजिर हुन पत्र थमाइएको छ ।

दुहबी नगरपालिकाको अनुगमन समितिका संयोजक एवं दुहबी नगरपालिकाका उपमेयर सुनिता दाहाल साहले दुहबी ३ स्थित रहेको इजी केयर स्वास्थ्य सेवा प्रालीको कागजपत्र चित्त बुझ्दो न देखिएकाले इजी केयरका संचालकलाइ आफ्नो सम्पूर्ण कागजपत्र लिएर ३ दिन भित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएकी थिइन । अनुगमनको क्रममा इजी केयर स्वास्थ्य सेवा प्राली अव्यवस्थितरुपमा संचालन भएको पाइएको थियो ।

इजी केयर पोली किल्निक दर्ता विनाको संचालन रहेको तथा सेवाको प्रकार सहित मूल्यसुचि समेत भेटिएको थिएन । यसैगरि दुहबी ५ स्थितमा रहेको जिवन ज्योती स्वास्थ्य सेवा प्राली पोली किल्निकमा दर्ता भएर संचालनमा रहेपनि कागजपत्र
नविकरण न भएको तथा बेड शैयाको स्विकृति विना गैरकानूनीरुपमा अस्पतालको रुपमा सो स्वास्थ्य सेवा संचालनमा चित्त बुझ्दो न भएकोले अनुगमन समितिले ३ दिन भित्र दुहबी नगरपालिकामा हाजिर हुन निर्देशन दिएको थियो । जिवन ज्योती स्वास्थ्य सेवा प्रालीको कोठाहरु अत्याधिक फोहर भेटिएको,भेन्टीलेसन न भएको तथा कोठाको उचाइ कम देखिएको थियो ।

तेसैगरि कोरोना भाईरसको उच्च जोखिम रहेको मध्य नजर राखि दुहबी ३ स्थित रहेको सुनसरी सामुदायिक अस्पतालको प्रबेश द्वारमै हेल्थ डेक्सको साथै सेनेटाईजर सहित ज्वरो नाप्ने मेसिनले चेक गरेर मात्र सेवाग्राहिलाई भित्र प्रवेश गराईको दृश्य प्रसंसा योग्य देखिएको थियो भने अनुगमनकै क्रममा अस्पतालमा केहि सुधार गर्न सुझाव सहित पत्र दिएका थिए ।
दुहबी बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा दुहबी ५ स्थितमा रहेको बाबा किराना पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, फोहर भाडामा खुल्ला तेल बिक्री गरेको पाइएको थियो ।

अनुगमनका क्रममा उपमेयर दाहालले २ स्वास्थ्य संस्थालाइ दर्ता तथा रिन्यू गर्न, मूल्यसूची राख्न तथा किराना पसललाइ म्याद सकिएको अखाद्य सामान हटाउन कडा निर्देशन दिएकी थिइन ।
बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका अधिकृत बिक्रम लिम्बु, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि रेखा कार्की,दुहबी नगरपालिकाका कर्मचारीहरु,उद्योग वाणिज्य संघ दुहबीका अध्यक्ष सुनिल साह, सञ्चारकर्मीहरु समेतले बजार अनुगमन गरेका थिए ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्