कोरोनाको कहर : अर्थतन्त्रमा परेको असरलाई रोक्न सरकारले राहातका कार्यक्रम ल्याउने
बर्तमान समयमा विश्वभरी फैलिएको कोरोना भाइरसको कारण नेपालको अर्थतन्त्रमा परेको असरलाई रोक्न सरकारले राहातका कार्यक्रम ल्याउने भएको छ ।
उनले कोरोनाबाट सबैभन्दा छिटो पर्यटन क्षेत्र अन्तर्गतका होटल र एअरलाइन्स प्रभावित भएको भन्दै ती क्षेत्रको असरबारे सरकारले नजिकबाट अध्ययन गरिरहेको जानकारी दिए ।
उनले ऋणको चपेटामा परेका होटललाई सम्बोधन गर्न सकिने बताए । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारले पर्यटनसहित अन्य व्यवसायलाई छुट दिने गृहकार्य गरिरहेको जानकारी दिएको छ ।
होटल, रेष्टुरेन्ट क्षेत्रका मजदुरलाई श्रमिक कोषबाट सहयोग गर्नसक्ने भन्दै मन्त्री खतिवडाले विश्वभरी आएको समस्यालाई बुझिदिन पनि आग्रह गरे ।
मुख्य पर्यटकीय सिजनमा पर्यटक रोकिए पनि अफ सिजनमा पर्यटक भित्र्याउन सरकारले रणनीति बनाउने भन्दै मन्त्री खतिवडाले चीनमा कोरोनाको प्रकोप हट्दै गएको र भारतले अत्यन्तै कडाइ गरिरहेकाले अवस्था छिटै सहज हुने बताए ।