Logo
४ आश्विन २०८१, शुक्रबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी वर्षका लागि बजेट निर्माणको काम सुरु, कोरोनाले पारेको असरलाई सम्बोधन गरिने

आगामी वर्षका लागि बजेट निर्माणको काम सुरु भएको छ । कोरोनाले पारेको असरलाई सम्बोधन गर्ने गरी बजेट निर्माणको काम सुरु गरिएको हो । यसैक्रममा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका लागि राष्ट्रिय योजना आयोगले सिलिङ पठाएको छ । आयोगले आगमी आर्थिक वर्षको बजेटको तयारीका लागि सिलिङ तोकेर पठाएको हो ।

आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले सिलिङ पठाइएको जानकारी दिए । उनले मध्यकालीन खर्च संरचनाले तोकिएको हाराहारीमै बजेटको सिलिङ पठाएको बताए ।

मध्यकालीन संरचनाले आगामी आर्थिक वर्षको बजेटको आकार १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपैयाँ हुने उल्लेख गरेको छ ।

मध्यकालीन खर्च संरचनाअनुसार चालु खर्च १० खर्ब १ अर्ब ३५ करोड ८४ लाख, पुँजीगततर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ११ अर्ब ८१ करोड २ लाख रुपैयाँ रहेको छ ।

‘आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ मन्त्रालयहरुमा पुगेको छ’ उपाध्यक्ष कँडेलले भने, ‘मध्यकालीन खर्च संरचनाले तोकिएकै हारहारीमा हुने गरी हामीले सिलिङ पठाएका हौं ।’

अब मन्त्रालयहरुमा यसबारे छलफल हुनेछ । अर्थमन्त्रालयले पनि कार्यक्रमहरुमा आवश्यक बजेटबारे छलफल गरेर बजेट तयार गर्नेछ ।

प्रतयेक वर्षको जेठ १५ मा नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउने गरिएको छ । बजेटको सिलिङ आएपछि मन्त्रालयहरुमा बजेट माग्दै आउने जनप्रतिनिधिहरुको लर्काे लाग्न थालिसकेको छ ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्