Logo
४ आश्विन २०८१, शुक्रबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोल र पशुमा प्रधानमन्त्री ओलीसहित नेकपाका शीर्ष नेताको तस्बिर टाँसियो

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेल र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको तस्वीर अंकित पम्प्लेट बुटवलका पोल र पशुको शरिरमा टासिएको छ ।

बुधबारमा बिहानैदेखि पौडेल र बास्कोटा भ्रष्टाचारमा मुछिए पनि प्रधानमन्त्री ओलीले संरक्षण गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले पोल र पशुमा पोस्टर टाँसेको हो ।

यस्ता पोस्टर सार्वजनिक स्थलमा मात्र होइन, छाडा पशुचौपायाका शरीरमा समेत टाँसिएका छन् । अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय कमिटीको नाममा बुटवलको गोलपार्क, ट्राफिकचोक, मिलनचोक, बसपार्क, चौराहा र सैनामैनालगायतका सार्वजनिक स्थानमा पोष्टर टाँसिएको हो ।

विप्लवनिकट विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध सांकेतिक भण्डाफोर अभियानअन्तर्गत रुपन्देहीसहित साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा पोष्टर टाँसिएको जनाएको छ ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्