प्रदेश २ : नाम र राजधानी टुंगो लगाउन मतदान सुरु
जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा मंगलबार प्रदेशको राजधानी र नाम टुंगो लगाउन मतदान सुरु भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश गर्ने सहमति भएको थियो। राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ।
प्रदेशसभाको पहिलो बैठक बसेको २५ महिनापछि नाम र राजधानी टुंग्याउन प्रदेशसभामा मतदान सुरु भएको हो।
प्रदेशको राजधानी नामबारे पार्टी बिक्ष फरक-फरक धारणा छन्। नेकपाले नाम जानकी प्रदेश राख्न प्रस्ताव गरेको छ। यही प्रस्तावमाथि मतदान सुरु भएको हो।
यो प्रस्तावमाथिको मतदानको नतिजा सार्वजनिक हुँदा दुई तिहाई बहुमत नपुगे अर्को प्रस्तावमाथि मतदान हुनेछ।
कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ। राजपा र समाजवादीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन्।