Logo
४ आश्विन २०८१, शुक्रबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाले लगायो विदेशीलाई रोक, नेपाली पनि जान नपाउने


मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने गरी यो निर्णय गरेको हो।

प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन्। उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका नागरिकलाई पनि सो मितिसम्म देशबाहिर जान रोक लगाएको बताए।

योसँगै नेपाली कामदार पनि अब दुई साता मलेसिया जान पाउने छैनन्। मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ। साथै शैक्षिक संस्था समेत बन्द भएका छन्।

सोमबारसम्म मलेसियामा कोरोना संक्रमित संख्या ५५३ पुगेको छ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्