Logo
३ मंसिर २०८१, सोमबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साकार हुँदै काठमाडौं बासीको सपना : परिक्षणका लागि मेलम्ची आयोजनाको सुरुङमा पानी हालियो

मेलम्ची खानेपानी आयोजनाको सीमित सुरुङ मार्गको परीक्षण थालिए सँगै मेलम्चीको पानी पिउने काठमाडौंबासीको वर्षौदेखिको सपना अब चाँडै साकार हुने भएको छ ।

खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएको हो।

आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरुको परीक्षण कार्य जारी रहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए। सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको एम किलो मिटर सुरुङ मार्ग भित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो।

परीक्षणमा उक्त सुरुङ मार्गमा कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक खत्रीले बताए। खत्रीकाअनुसार सिनो हाइड्रो आयोजनाको निर्माणको ठेक्का पाएपछि काममा गुणात्मक प्रगति भएको छ । सुरुङ मार्गको निरीक्षणपछि बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना अब कसैले रोक्न नसक्ने बताइन्।

‘अब कुनै कारणले पनि आयोजना रोकिँदैन। तोकिएकै समयमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउँछन्। अब मेलम्ची आउँदैन कि भन्ने भ्रम तोडियो,’ मन्त्री मगरले भनिन् ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्