Logo
८ मंसिर २०८१, शनिबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री अर्यालद्वारा स्याङ्जाको फेदिखोलामा असिनापानीले भएको क्षतिको निरिक्षण

गण्डकी प्रदेश स्थित स्याङजाको फेदिखोला नगरपालिकामा असिनापानी चट्याङले पुर्याएको क्षतीको भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्याले स्थलगत निरिक्षण गरेकी छन् ।

मन्त्री अर्याल आज (सोमबार) फेदिखोला गाउँपालिका पुगेर शनिबार राती आएको हावाहुरी चट्याङ सहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पुर्याएएको क्षतीको निरिक्षण गरेकी हुन् ।

असिनापानीले ठूलो मात्रामा क्षती पुर्यााएको क्षेत्र फेदिखोला गाउँपालिका वडा नम्बर ४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरिक्षण गरेकी हुन् ।

असिनापानीले क्षती पुयाएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडी बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताइन् ।

यस क्षेत्रमा प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगेको भन्दै यस क्षतिबाट निराश नभएर फेरिपनि उर्जाका साथ कृषि क्षेत्रमा अगाडी बढ्न मन्त्री अर्यालले त्यस क्षेत्रका नागरिकलाई आग्रह गरेकी छन् ।

’तपाईहरु कृषि क्षेत्रमा उर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रसंशा गर्दछु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्यारएको छ’, मन्त्री अर्यालले भनीनु, ’यस क्षतिबाट तपाईहरु कतिपनि विचलित नभएर फेरिपनि उर्जाका साथ लाग्नुस् । राज्यले तपाईहरुलाई सहयोग गर्छ ।’

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्यांकन गरेर विवरण पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गरेकी छन् ।

सबै विवरण आइसकेपछि संघ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपुर्ती दिने मन्त्री अर्यालले प्रतिबद्धता दिएकी छन् । गत शनिवार (चैत १ गते) राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अबिरल रुपमा परेको असिनापानीले वडा नम्बर १, २, ३, ४, ५, ९ वडामा क्षती पुर्यााएको छ ।

असिनापानीका कारण टनेल, सागसब्जी, सुन्तलाको रुखहरु, डाले घाँस सबै ध्वस्त भएको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए ।
यस्तो ठूलो असिनापानी ययसअघि आएको थाहा नपाएको उनले बताए ।

’२०२४ सालमा अलिअलि आएको थाहा पाउछौ । त्यसपछि यस्तो असिनापानी आएकै छैन । म अहिले ५८ वर्षको भए यस्तो असिनापानी आयो की सबै कुरा लगेर गयो’, वडाअध्यक्ष शर्माले भने ।

शर्माका अनुसार १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । उनका अनुसार वडा नम्बर ४ मा सबैभन्दा बढी क्षती भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १,२ वटा घरमा चट्याङ परेपनि क्षति भने भएको छैन ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्