Logo
४ आश्विन २०८१, शुक्रबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुटल पठाओलाई वैधानिकता दिने तयारीमा सरकार

यातायात व्यवस्था विभागले बाग्मती प्रदेशको ऐनमा टेकेर टुटल र पठाओ जस्ता एप्समा आधारित राइड सेयर कम्पनीलाई वैधानिकता दिन सकिने जनाएको छ।

विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको रुट अनुमती, भाडादर निर्धारण र नियमन समेत प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने र बाग्मती प्रदेश सभाले सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ पारित गरी राजपत्रमा समेत सुचना जारी गरिसकेको जनाएको छ।

यस ऐनले निजी प्रयोजनको लागि दर्ता प्रमाणपत्र प्राप्त चारपंग्रे तथा दुइपांग्रे सवारी साधनले तोकिएको प्रकृया पुरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्रु ओसार पसार गर्नसक्ने भनिएको छ।

त्यस्तै उच्च अदालत पाटनले समेत यस विषयमा कानुन निमार्ण लगायतका आवस्यक नीति नियम तर्जुमा गर्न गराउन पहल गर्नु भनि विभाग र महानगरिय ट्राफिक प्रहरी महाशाखाको नाममा परमादेश जारी गरिसकेकोले अदालतको फैसला गनुरुप काम अगाडि बढाइने विभागले बताएकाे छ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्