Logo
३ मंसिर २०८१, सोमबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छापा मारेर काठमाडौंबाट आठ लाख मास्क जफत

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विहानै छापा मारेर कालो बजारीका आठ लाख मास्क बरामद गरेको छ । चन्द्रागिरी नगरपालिकाको सतुंगलबाट १८० बोरामा राखिएका आठ लाख मास्क बरामद भएको हो ।

कोरोना भाइरसको नाममा देशभित्र कालोबजारी बढेपछि प्रशासन र प्रहरीले धमाधम छापा मार्न थालेको हो । उत्पादन मूल्य दुई रुपैयाँ प्रति गोटा पर्ने मास्क सामान्यतयाः पाँच रुपैयाँले विक्रीवितरण हुँदै आएको थियो ।

तर, कोरोना भाइरसको संक्रमण विश्वभर बढेपछि १०० रुपैयाँ प्रतिगोटामा विक्रीवितरण गरेर कालोबजारी हुँदै आएको छ । मास्कको कालोबजारी गरेर करोडौं कमाउने गिरोह सक्रिय भइरहेको छ । उपभोक्ताले यसबारे चासो देखाएपछि प्रशासन सक्रिय भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचनाका आधारमा छापा मारिएको हो । प्रशासन र प्रहरीसहितको टोली छापा मार्न पुगेको थियो ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्