कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारको रणनीति सार्वजनिक
भाइरसको रोकथामबारे सरकारले कोरोना विभिन्र रणनीति सार्वजनिक गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको उच्चस्तरीय समन्वयन समितिको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथामका लागि तयार पारेका रणनीति तयार पारेको हो।
बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, नगरपालिका महासंघ, गाउँपालिका, महासंघका अध्यक्ष सुरक्षा निकायका कर्मचारीको उपस्थिति थियो।
प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वयन समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बैठकको निर्णय सुनाउँदै अहिले काठमाडौंमा मात्र ल्याब परीक्षण सुविधा भएकोले स्थानीय तहले संघमा आउनुपर्ने बाध्यता भएकोले सरकारले यस्तो निर्णय गरेको बताए।
बैठकले कोरोना रोकथामका लागि तयार पारेका रणनीति यस्ता छन् :
– शंकास्पद बिरामीलाई प्रदेशमा रोक लगाउने।
– नागरिकहरुलाई सचेतना अभिवृद्धि गर्ने।
– निगरानी र क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउने।
– बिरामी आइहाले त्यसको उपचार र व्यवस्थापन अलग ढंगले प्रभावकारी बनाउँदै लैजाने। यसका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वय गरी समूह तथा समुदायलाई परिचालन गर्ने।
– नाकाको आवागमनलाई निगरानी र कडाइ गर्ने।
– स्वास्थ्य निगरानी र प्रयोगशालाई सुदृढीकरण गर्दै लैजाने।
– सातै प्रदेशमा बिएसएल टु लेबलको प्रयोगशाला बनाउनेतर्फ योजना बनाएर अगाडि बढ्ने।
– माक्स र सेनिटाइजर तथा जस्ता अत्यावश्यक सामानलाई विशेष तरिकाबाट बाह्य मुलुकबाट पनि खरिद प्रक्रिया अगाडि बढाउने।