सिंहदरबार आसपासमा ‘डीस-इन्फेक्टेन्ट’ छर्कियो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह सार्कका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखबीचहरुको भिडियो कन्फ्रेन्समा सहभागी हुने भएपछि कार्यालय आसपासमा ’डीस-इन्फेक्टेन्ट’ छर्किएको छ ।
मिर्गौला प्रत्यारोपणपछि चिकित्सकहरुको निगरानीमा रहेका प्रधानमन्त्री ओलीलाई संक्रमण हुन सक्ने भन्दै औषधि छर्किएको हो। सो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले औषधि छर्किएका हुन्।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका कार्यकारी प्रमुखहरूबीच केही बेरमा कोरोना भाइरस (कोभिड(१९)बारे छलफल हुँदैछ। विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आवद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने लागेको हो।