Logo
४ आश्विन २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको पूर्व तयारीबारे सातै प्रदेशका मुख्यमन्त्रीसहित विज्ञसँग छलफल सुरु

कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणको तयारीका लागि सरकारले सातै प्रदेशका मुख्यमन्त्रीसहित विज्ञसँग छलफल गरिरहेको छ।

सरकारले कोरोना भाइरस नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र नियन्त्रणको पूर्व तयारीका लागि सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरुलाई काठमाडौँ बोलाएको हो।

अहिले सरकार, प्रदेशका मुख्यमन्त्री र विज्ञ टोलीकाबीच सिंहदरवारमा छलफल चलिरहेको छ।

बैठकमा नेपालमा कोरोना भाइरस भित्रिए कसरी समन्वय गरेर काम गर्ने भन्ने बारेमा कार्ययोजना तय गरिने बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले नेपालखबरलाई जानकारी दिए।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको छ।

बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगति र नयाँ रणनीतिबारे छलफल हुने बताइएको छ।

बैठकमा संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, महानगरका मेयर र विज्ञहरु सहभागी रहेका छन्।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्