Logo
४ आश्विन २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वरका धनि गायक शिशिर योगीको ६० लाख लिएर एक महिला फरार

स्वरका धनि गायक शिशिर योगीको ६० लाख लिएर एक महिला फरार भएकी छन् ।

दाङ तुल्सीपुरकी झरना कुँवर (केसी) ले २०७२–०७५ को अवधिमा गायक योगीकी पत्नी खिमी योगीबाट पटक–पटक गरी ६० लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा दर्ता भएसँगै यसबारे खुलासा भएको हो ।

योगीको पैसा फिर्ता गर्न भन्दै कुँबरले ३०/३० लाख रुपैयाँका कृषि विकास बैंक नयाँ बानेश्वर शान्तिनगर शाखाका दुईवटा चेक खिमीका नाममा काटिदिएकी थिइन् । पुस तेस्रो साता खिमी र शिशिर चेक साट्न गएपनि बैंकले ‘झरना कुँवर (केसी) का नाममा रहेको खाता चार दिनअघि नै बन्द भइसकेको’ जानकारी दिएपछि योगी दम्पती छाँगाबाट खसेजस्तै भएका थिए ।

योगीका अनुसार महानगरीय प्रहरी परिसर टेकुको मुद्दा शाखाले पक्राउ गरेर पैसा फिर्ता ल्याइदिने बचन दिएपनि २ महीना अघि नै प्रहरीमा उजुरी गरिएपनि प्रहरीले कुँवरलाई पक्रन सकिरहेको छैन ।

सोही कारण पछिल्लो समय गायक योगी आफूलाई ठगेकी महिलालाई पक्राउ गर्न दबाब दिन टेकुमा हप्तैपिच्छे जसो जानेगरेका छन् । प्रहरीले कुँबरलाई खोजिको सुचीमा राखेको भएपनि भेट्न सकेको छैन ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्