Logo
४ आश्विन २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिम ठमेलको संरक्षणका लागि ‘पश्चिम ठमेल पर्यटन परिषद्’को गठन

ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायीको हक, हित, र समुदायको संरक्षणको लागि सन्तोष पाण्डेको अध्यक्षतामा पश्चिम ठमेल पर्यटन परिषद् गठन भएको छ । राजधानीको ठमेलमा हालै आयोजित एक कार्यक्रमकाबीच १३ सदस्यीय कार्यसमिति रहने गरी परिषद्को गठन गरिएको जनाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यमा सम्पन्न परिषद्को उद्घाटन समारोहको अध्यक्षता परिषद्का अध्यक्ष सन्तोष पाण्डेले गरेका थिए ।

उक्त अवसरमा वडाध्यक्ष रिजालले पकनाजोल, सोह्रखुट्टे, कालधारा क्षेत्रमा बिजुली, पार्किङ, ढल, फोहर महानगरपालिकाले उठाए पनि हामीले आप्mनो घर मात्र नभई टोल नै सफा सुग्घर बनाउनु पर्ने बताए । उनले यस क्षेत्रको विकासका साथै पर्यटक र पर्यटन व्यवसायीलाई वडाको तर्फबाट यथाशक्य सहयोग गर्ने पनि बताए । उनले उक्त अवसरमा १६ नं. वडामा किरियापुत्री बस्ने घरको अभाव भएकोले त्यसको व्यवस्थापनका लागि वडाले पहल गरिरहेको र परिषद्को कार्यालयका लागि पनि वडा कार्यालयले महानगरपालिकासँग समन्वय गरि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेले ठमेल क्षेत्रका व्यवसायीहरुको सुरक्षा र संरक्षणका साथै आवश्यक परेको खण्डमा सबै व्यवसायी एकीकृत भई यस क्षेत्रका साथै ठमेलको पर्यटनलाई सुधार, पर्यटकले व्यवसायीलाई दिने दुःख, र व्यवसायीले पर्यटकलाई गर्ने व्यवहारका बारेमा उचित सेवाको बारेमा जानकारी दिनका लागि सामूहिक रुपमा पहल गर्नुपर्ने देखिएकोले परिषद् गठन गरिएको बताए ।

उक्त अवसरमा स्थानीय समाजसेवी सन्तोष मास्के, नवनिर्वाचिन महासचिव मन्दिप गिरि लगायतले परिषद्लाई शुभकामना दिएका थिए । परिषद्को कार्यसमिति प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दिपक श्रेष्ठ, महासचिव मन्दिप गिरि, सचिवमा आशिक अमात्य र कोषाध्यक्षमा मुखिया गुरुङ र सह–कोषाध्यक्षमा राजेन्द्र कुँवर रहेका छन् भने सदस्यहरुमा आनन्द पाण्डे, मात्रिका रिजाल, अमूलचन्द्र प्रधान, लक्ष्मण अर्याल, हरिकुमार श्रेष्ठ र एञ्जिला तिमिल्सिना रहेका छन् ।

परिषद्ले परिषद्को उद्देश्य र विधानमा सहमति जनाउने व्यक्तिहरुलाई सदस्यता बनाउने निर्णय गरेको छ भने नयाँ सदस्यताका लागि तीन हजार पाँच सय रुपैयाँ र वार्षिक सदस्यता शुल्कका रुपमा १ हजार ५ सय रुपैयाँ तोकेको सहकोषाध्यक्ष राजेन्द्र कुँवरले बताए ।

प्रतिक्रिया

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्