Logo
४ आश्विन २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समय बढाएकै दिन नेप्सेको सिस्टममा समस्या

आजदेखि दैनिक ५ घण्टा शेयर कारोबार हुने बताइएपनि नेप्सेको सिस्टमा समस्या आएको छ । आजदेखि नेप्सेले कारोबार समय थप गरेको कारण समय मिलाउन खोज्दा नेप्से सिस्टममा समस्या आएको नेप्सेले जनाएको छ ।

‘सेवा प्रदायकहरुमा पुतलिसाडकमा समाप्त हुने फाइबर लिंक बिच्छेदनको कारण नेप्सेमा समस्या आएको हो, नेप्सेले सूचनामा भनेको छ समस्या समाधान नभएसम्म प्रत्यक्ष ट्रेडिंग डेटा हाम्रो वेबसाइटमा प्रतिबिम्बित हुने छैन। असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।’

नेपाल स्टक एक्सचेञ्जले चैत २ गतेदेखि लागु हुनेगरी कारोबार समय १ घण्टा बढाएको हो । बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मको लागि कारोबार समय निर्धारण गरेको हो । नेप्सेको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समयलाई बढाउने निर्णय गरेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार नेप्सेले त्यस्तो निर्णय गरेको हो । बोर्डले फागुन १८ गते नेप्सेलाई पत्र लेख्दै दैनिक १ घण्टा कारोबार समय बढाउन सकिने नसकिनेबारे राय मागेको थियो ।

पहिले शेयर बजार दैनिक ३ घण्टा खुल्थ्यो । १२ बजेदेखि ३ बजेसम्म खुल्ने बजारलाई २०७३ साउनदेखि दैनिक ४ घण्टा बनाइएको थियो । त्योबेला कारोबार खुल्ने समयलाई १ घण्टा अघि सारिएको थियो । अहिले कारोबार भने कारोबार बन्द हुने समयलाई १ घण्टा पछि सारिएको हो ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्