Logo
३ मंसिर २०८१, सोमबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्याधिक मदिरा सेवनले प्रदेश २ को धनुषामा ६ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

प्रदेश २ स्थित धनुषा जिल्लामा अत्याधिक मदिरा सेवनले ६ जनाको मृत्यु भएको छ भने ३ को अवस्था गम्भीर रहेको खबर छ । क्षिरेश्वरनाथ नगरापलिका-३ स्थित रमदैयामा होलि पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

अर्का एकजनाको भने तीन दिन अघि नै मृत्यु भएको स्थानीयले बताएका छन्।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा छन्।

मदिरा पिउँदा सिकिस्त बिरामी परेका ईन्द्रजीत सदाको चिन्ताजनक अवस्थामा धरानमा उपचार भइसकेको छ।

स्थानीयले उनको पनि मृत्यु भइसकेको दाबी गरेका छन्। तर, प्रहरीले भने यसको पुष्टि गरेको छैन। ‘उनको अवस्था चिन्ताजनक रहेको खबर छ, मृत्युको खबर आइसकेको छैन,’ प्रहरी निरीक्षक पप्पु नायकले भने।

सिकिस्त बिरामी परेको स्थानीय सत्रुधन मण्डल र राम इश्वर महराको जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

मृतक पाँच जनाको शव पोष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मदिरा सेवनबाट एकै गाउँका ६ जनाको मृत्यु भएपछि रमदैया गाउँ शोकमा डुबेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्