Logo
३ मंसिर २०८१, सोमबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्री ढकालको अभिव्यक्तिप्रति संसदमा आलोचना

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अचि.भव्यक्तिप्रति संसदमा सांसदहरुले नै विरोध गरेका छन् ।

मन्त्री ढकालले बुधबार एक समारोहमा नेपालमा कोरोना संक्रमण फैलिए सबैलाई क्‍वारेन्टाइनमा राख्‍न सकिँदैन, विदेशबाट आउने तथा स्वदेशमै कोरोना संक्रमण फैलिए सरकारले सबै व्यवस्थापन गर्न नसक्ने भएकाले सेल्फ क्‍वारेन्टाइनुमा बस्नुपर्छ भनेर अभिव्यक्ति दिएका थिए ।

भनेर मन्त्री ढकालले दिएको उक्त अभिव्यक्ति गैरजिम्मेवार र संक्रमण रोक्न सरकारी तयारीलाई उदांगो पारेको भन्दै सांसदहरूले विरोध जनाएका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिपक्षी कांग्रेसका अधिकांश सांसदले मन्त्री ढकालको आलोचना गरेका थिए ।

कांग्रेसकी सचेतक पुष्पा भुसालले अमेरिकाले बेलायत बाहेकका युरोपेली मुलुकसँग हवाइ उडान रद्द गरेको तथा भारतले पनि स्वदेश फर्किने आफ्ना नागरिकलाई क्‍वारेन्टाइनमा राख्ने तयारी थालेको उल्लेख गरिन् ।

नेपाल सरकारले भने व्यवहारमा देखिने गरी कुनै तयारी नगरेको उनको भनाइ थियो ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्