Logo
४ आश्विन २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीका तीन जना एआईजीले पाए नयाँ जिम्मेवारी

भर्खरै बढुवा भएका नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले नयाँ जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले एआईजीद्वय तारणि लम्साल , शैलेश थापा र हरि पाललाई नयाँ जिम्मेवारी दिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को जिम्मेवारी दिइएको छ ।

त्यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख रहेका थापालाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग र २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख रहेका पाललाई कार्य तथा अपराध अनुसन्धानको जिम्मेवारी दिइएको छ ।

एआईजीमा तीन पद रिक्त रहेको थियो । एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए ।

गृह मन्त्रालयले तीन जना एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । उनीहरु बढुवा भए पनि एआईजीको फूली भने लगाउन पाएका छैनन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्