Logo
२९ कार्तिक २०८१, बिहीबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महँगो भएपछि सुन किन्न छाडेर चाँदीतिर आकर्षण

महँगो भएपछि सुन किन्न छाडेर नेपालीहरु चाँदीतिर आकर्षित हुन थालेका छन् ।
अन्तरराष्ट्रिय रूपमा नै सुनचाँदीको मुल्य बढ्दा सुनको आयातमा ह्रास आएको र पछिल्लो समय चाँदीको आयात बढेको तथ्यांकहरुले देखाउन थालेको छ ।

चालु आर्थिक बर्ष २०७६/७७ को पहिलो ७ महिनामा सुन आयात ६३.५५ प्रतिशतले घटेको छ । तर, चाँदीको आयात भने १६.३१ प्रतिशतले बढेको छ । भन्सार बिभागले हालै सार्वजनिक गरेको सात महिनाको तथ्यांकले यस्तो देखाएको हो । अमेरिका र चीनको व्यापार युद्ध, इरान र अमेरिकाबीचको तनाव लगायतका कारण सुनचाँदीको मुल्य बढेको छ । फलस्वरुप सुनचाँदीको कारोबारमा मन्दी आएको छ ।

यस अवस्थामा सुनको आयात घटेपनि चाँदीको आयात भने बढेको देखिन्छ । गत आवको ७ महिनामा ५९ हजार ३३४ केजी चाँदी आयात भएको थियो । तर, चालु आवको समिक्षा अवधीमा ६९ हजार ०१७ केजी चाँदी आयात भएको छ । यस्तै, रकमका आधारमा चाँदीको आयात ३४.९६ प्रतिशतले बढेको छ । गत आवको ७ महिनामा रु. ३ अर्ब ३३ करोड रुपैयाँको चाँदी आयात भएको थियो । चालु आवको सातमा भने रु. ४ अर्ब ५० करोडको चाँदी आयात भएको छ ।

यस्तै, गत आवमा ४ हजार ५२७ केजी सुन आयात भएकोमा यो आवमा १ हजार ६५० केजी मात्र सुन आयात भएको छ । चालु आवमा कुल ९ अर्ब ४ करोड सुन आयात भएको छ । नेपालमा सुन आयात गर्ने अधिकारी बाणिज्य बैंकलाई मात्र छ । यसरी अहिले सुनको आयात घटेपछि चाँदीको आयात बढेको देखिन्छ ।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्