Logo
२९ कार्तिक २०८१, बिहीबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर सर्ने तयारीमा थिए गोकुल बास्कोटा तर नसर्दै बम बिस्फोट भयो

अहिले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा केपी शर्मा ओलीको बाल्कोट स्थीत घरमा बस्दै आएका छन् ।

उनी अबको दुईमहीना भित्रै भक्तपुरको मनहरा फाँटस्थित निर्माणाधीन घरमा सर्ने तयारी सुरसार गदै थिए । तर सर्न नपाउँदै आज (बुधबार) बिहानै उनको साढे तीन तल्ला घरमा बम बिस्फोट भयो ।

बिहान पौने ८ बजेतिर ठूलो आवाजसहित बम विस्फोट हुँदा घरको पर्खाल र रेलिङ भत्किएका छ ।

साथै बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि क्षति पुगेको छ। बमले घरको चार तला माथिको ढोकामा क्षति पुगेको छ। सिसा पनि फुटेका छन्।

घरअगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ।

घटनास्थलमा रहेका प्रहरी अधिकारीहरुले विस्फोटबाट मानवीय क्षति नभएको बताएका छन्।

विस्फोट कसले र किन गरायो भन्ने एकिन भइनसके पनि प्रहरीले ‘प्रतिबन्धित समूह’ले गराएको हुन सक्ने अुनमान गरेर अप्रत्यक्ष रूपमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई संकेत गरेको छ।

प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ। थप अनुसन्धानका लागि घटनास्थलमा अहिले नेपाली सेनाको टोली पुगेको छ। घटनापछि प्रतिक्रिया दिदैँ बास्कोटाले आफ्नो निर्माणाधिन घरमा भएको बम विस्फोटको घटना छानबनि गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्