Logo
३ मंसिर २०८१, सोमबार
(March 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसका कारण इटालीमा ३ सय ६६ जनाको मृत्यु, संक्रमण दर २५ प्रतिशतले वृद्धि

विश्वलाई नै चुनौति दिएको कोरोना भाइरसको संक्रमणका कारण इटालीमा मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ । आइतबार मात्रै यहाँ थप १३३ जनाको मृत्यु हुन पुगेको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि इटलीले लोम्बडी र १४ प्रान्तका १ करोड ६० लाख मानिसलाई नयाँ क्वारेन्टाइनमा राखेको थियो । यात्राका लागि विशेष अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । तथापि, संक्रमण र मृत्युदर कम हुनुको साटो बढ्दै गएको छ ।

यसअघि इटलीका ५ हजार ८ सय ८३ जना कोरोना संक्रमित रहे पनि यो संख्या बढेर ७ हजार ३ सय ७५ पुगेको छ । यो यसअघिको संक्रमणदरभन्दा २५ प्रतिशतले बढी हो बीबीसीले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार, इटालीमा उच्च व्यक्तिहरूलाई समेत कोरोना संक्रमण भेटिएको छ । यो सूचीको पहिलो नम्बरमा इटलीका सेना प्रमुख पनि छन् । यद्यपि, उनले स्वास्थ्य लाभ गरिरहेको बताएका छन् ।

कोरोनाको उत्पती भएको देश चीनमा हालसम्म ३ हजार १ सय ४१ जनाको यसको संक्रमणका मृत्यु भएको छ । यहाँका ८० हजार ७ सय ३५ मानिसमा कोरोनाको लक्षण देखिएको छ ।
चीनपछि इटली कोरोनाको चपेटामा परेको छ । यहाँ अहिलेसम्म ३ सय ६६ जनाको ज्यान गइसकेको छ । ७ हजार ३ सय ७५ संक्रमित छन् ।

इरानका ६ हजार ५ सय ६६ मानिसमा अहिलेसम्म कोरोनाको लक्षण भेटिएकोमा १ सय ९४ जनाको ज्यान गएको छ ।

साउथ कोरियामा हालसम्म कुल ५३ जनाको मृत्यु भएको छ । पछिल्लोपटक यहाँ ३ संक्रमितको ज्यान गएको छ । ७ हजार ३ सय ८२ मा कोरोनाको लक्षण देखिएको छ ।

यद्यपि, चीनमा कोरोना नियन्त्रणउन्मुख बन्दै गएको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार यहाँका ५८ हजार ६ सय २ मानिसले स्वास्थ्यलाभ गरेका छन् ।

फ्रान्स, जर्मनी, डाइमन्ड प्रिन्सेस, स्पेन, अमेरिका, जापान, स्विट्जरल्यान्ड, बेलायत, नेदरल्यान्डलगायतका देश पनि कोरोनाको संक्रमणसँग जुधिरहेका छन् ।

प्रकाशित मिति: Mar 9, 2020

प्रतिक्रिया दिनुहोस्