कोका–कोला ‘स्टार’ द्धारा महिला सशिक्तकरण कार्यक्रम संचालन हुँदै
जब तपाईं एक महिलालाई सशक्तिकरण गर्नुहुन्छ तब तपाईंले समाजलाई मात्र नभएर पूरा राष्ट्रलाई सशक्तिकरण गर्नुहुन्छ, यो कोका–कोला कम्पनीको अभिव्यक्ति हो । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ ।
कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ । यसलाई कार्यमा लागू गर्दै बोटलर्स नेपाल लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले आफ्नो ग्लोबल पहल ५ बाइ२० को हिस्साको रुपमा शप्कीपर ट्रेनिङ एण्ड रिसोर्स ‘स्टार’ कार्यक्रम संचालन गर्दै आएको छ । जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु हो ।
व्यवसायको ४ मुख्य क्षेत्रमाः पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरु प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।
हामीले नेपालमा अधिकांश खुद्रा विक्रेताहरु महिला रहेको बुझेका छौं । ग्रामीण क्षेत्रका महिलाहरुमा व्यवसायिक सीपको अभाव देखिन्छ । खुद्रा विक्रेताहरुले आफ्नो जीवनमा सामना गरिरहेका अवरोधहरु हटाउन सहयोग र समर्थन गर्ने उनीहरुको लक्ष्य रहेको छ ।
कोका–कोला टिमले महिला सशिक्तकरण गर्नुमा विशेष जोड दिरहेका छन् । महिलाहरुलाई अगाडी बढाउनु साथै आर्थिक रुपमा बलियो बनाउनु उनीहरुको उद्देश्य हो ।