Logo
४ आश्विन २०८१, शुक्रबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शीर्ष तहमा किचलो रहँदा अमेरिकी सहायता ‘एमसीसी परियोजना’ अन्योलग्रस्त

शीर्ष तहमै किचलो रहँदा अमेरिकी सहायताको एमसीसी परियोजना अन्योलमा परेको छ ।

एमसीसीसँग सम्झौता भई संसदमा दर्ता भए पनि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकै किचलोका कारण अन्योलमा परेको हो ।

गत माघ १९ गते सकिएको पार्टी केन्द्रीय कमिटी बैठकले एमसीसीका कतिपय प्रावधान मुलुकहित विपरीत रहेको भन्दै कार्यदल बनाएर अध्ययन गर्न सुझाएको थियो । अधिकांश केन्द्रीय सदस्यहरूले यथास्थितिमा पारित नगर्न र अध्ययन गरेरमात्रै निष्कर्षमा पुग्न सुझाव दिएका थिए ।

सदस्यहरूको मत मुताविक केन्द्रीय कमिटीले झलनाथ खनालको संयोजक, स्थायी कमिटी सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल बनाएको थियो । सुरुमा १० दिन र थप १० दिन समय दिएर कार्यदलले प्रतिवेदन तयार पारेको भए पनि नेकपा अझै निचोडमा पुग्न सकेको छैन ।

पार्टी महासचिव विष्णु पौडेलले कार्यदलले प्रतिवेदन नै बुझाउन बाँकी रहेकाले एमसीसीबाट टुंगोमा पुग्न नसकिएको बताए । कार्यदलले फागुन नौ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष एमसीसी परिमार्जनको सुझाव सहितको प्रतिवेदन बुझाएको बताएको थियो ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्