Logo
४ आश्विन २०८१, शुक्रबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीकाे ६० करोड रुपैयाँको आइपिओ, पायो सुरक्षित रेटिङ

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको छ। इक्रा नेपालले गरेको रेटिङअनुसार प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ।
प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले साधारणसभाबाट पारित गरिसकेको छ। रेटिङ गरेसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि निवेदन दिनु पर्नेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए सँगै कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न सक्ने छ।

तीन वर्ष अगाडि जीवन बीमा व्यावसायका लागि अनुमति पाएको कम्पनीले हालसम्म ८२ वटा शाखा तथा उपशाखाबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ। बीमा समितिले तीन वर्ष अगाडि ९ वटा जीवन बीमा कम्पनी र गत वर्ष एउटा जीवन बीमा कम्पनीलाई जीवन बीमा व्यवसायको लागि अनुमति प्रदान गरेको थियो।

नयाँ आएका कम्पनीमध्ये प्रभु लाइफको बजार हिस्सा जम्मा ५ प्रतिशत मात्रै छ। प्रभु ग्रुपका व्यवसायीहरुको प्रमुख लगानी रहेको कम्पनीले सन्तोषजनक व्यवसाय गरिरहेको छ। त्यस्तै प्रभु बैंकको मात्रै १५ प्रतिशत लगानी रहेको छ।

सुरुवाती अवस्था भएकोले कम्पनीको सञ्चालन खर्च अधिक रहेको रेटिङ एजेन्सीले जनाएको छ। कम्पनीको सोल्भेन्सी रेसियो १.०१ गुणा रहेको छ। नियम अनुसार सोल्भेन्सी रेसियो १.५ गुणा हुनु पर्छ। कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको पुँजी दुई अर्ब पुग्ने छ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्