Logo
४ आश्विन २०८१, शुक्रबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई हप्ताअघि नेपालबाट अस्ट्रेलियाका गएका एकजनामा कोरोना भाइरसको संक्रमण

नेपालबाट अस्ट्रेलिया गएका एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ । अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार नेपालबाट दुई हप्ताअघि फर्किएका अन्दाजी २० वर्षका युवामा कोभिड–१९ को संक्रमण भएको हो ।

अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् । उनी हालै नेपालबाट गएको बताइए पनि अस्ट्रेलियाको स्वास्थ्य निकायले उनको परिचय खुलाएको छैन ।

फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए । तास्मानियाको जनस्वास्थ्य सेवाका अधिकारीले नेपालबाट आएका ती युवालाई आइसोलेसनमा बस्न आग्रह गरिएको भए पनि उनले त्यसलाई अस्वीकार गरेका थिए । तर बिरामी परेका उनको नमूना परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्