Logo
१२ मंसिर २०८१, बुधबार
(March 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेडियो नागरिकको वार्षिक उत्सवको उपलक्ष्यमा देवानगंजमा स्वास्थ्य शिविर

प्रदेश १ को राजधानी बिराटनगर स्थित प्रसारणमा रहेको रेडियो नागरिक १००.४ मेगाहर्जको वार्षिक उत्सवको उपलक्ष्यमा देवानगंजमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

उक्त एफएम रेडियोको प्रसारण थालिएको ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको हो । उक्त अवसरमा सुनसरीको देवानगंजमा २ दिने वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शुक्रबार र शनिबार सुनसरीको देवानगन्ज गाउँपालिकामा वृहत् स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा रक्तदान लगायत न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी लगायतले विभिन्न ९ प्रकारका स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

शिविरमा चर्मरोग ओपिडी, स्त्रीरोग ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, जनरल ओपिडी, नवजात शिशु तथा बाल रोग ओपिडी, दाँतसम्बन्धी ओपिडी लगायत वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर निकेशराज श्रेष्ठ, वरिष्ठ विशेषज्ञ फिजिसियन डाक्टर केशरबहादुर गुरुङ, वरिष्ठ विशेषज्ञ फिजिसियन डाक्टर अग्रज उप्रेतीबाट मुटुरोगसम्बन्धी सामूहिक परामर्श समेत प्रदान गरिएको थियो ।

उक्त शिविरमा सुगर, प्रेसर, इसिजि र प्रयोगशाला सेवा समेत उपलब्ध गराइएको थियो । डाक्टर प्रकाश लिम्बूको अनामया आयुर्वेदालयको प्राविधिक सहयोगमा आर्युवेद शिविर समेत सञ्चालन गरिएको थियो ।

नागरिक मिडिया प्रा.लि.को आयोजना र देवानगन्ज गाउँपालिकाको सहजीकरणमा सञ्चालित उक्त शिविरबाट ६ सय ३३ जनाले स्वास्थ्य परीक्षण गराई औषधि समेत निःशुल्क लिएको नागरिक मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक अरविन्द मेहताले जानकारी दिए ।

यस रेडियोको प्रसारण २०७० साल फाल्गुन २३ गते विराटनगरबाट भएको हो ।

प्रकाशित मिति: Mar 7, 2020

प्रतिक्रिया दिनुहोस्