दुहवी रौनियार समाजको पदस्थापन तथा होली मिलन कार्यक्रम सम्पन्न
सुनसरीको दुहवीमा दुहवी रौनियार समाज, रौनियार युवा मञ्च तथा रौनियार महिला मञ्चलले एक भब्य कार्यक्रमकाबिच पदस्थापना तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
रौनियारको समाजको अध्यक्ष महादेव प्रसाद रौनियारको अध्यक्षतामा र दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा, दुहवी नगरपालिकाकी उप–प्रमुख सुनिता दाहाल साह र नेपाल रौनियार बैश्य महासंघका केन्द्रीय उपाध्यक्ष सियाराम प्रसाद रौनियारको विशिष्ट आथिथ्यतामा पदस्थापन समारोह सम्पन्न भएको हो ।
कार्यक्रममा रौनियार समाजका अध्यक्ष महादेव प्रसाद रौनियारले नव निर्वाचित अध्यक्ष जयप्रकाश रौनियारलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा महिला मञ्चका अध्यक्षमा वन्दना रौनियार निर्वाचित भएकि थिइन भने रौनियार युवा मञ्चमा प्रमोद रौनियार चयन भएका थिए । साथै रौनियार सेवा समाजका अध्यक्ष जय प्रकाश रौनियारले सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
रौनियार समाजको प्रथम उपाध्यक्षमा दिनेश रौनियार, द्धितिय उपाध्यक्षमा श्याम रौनियार, कोषाध्यक्षमा राज कुमार रौनियार (मुन्ना), महासचिवमा महेन्द्र रौनियार, सह–सचिवमा नविन कुमार रौनियार, कानुनि सल्लाहकारमा ओम प्रकाश रौनियार , सदस्यमा संतोष कुमार रौनियार, संजय रौनियार
विसनाथ रौनियार, राज कुमार रौनियार (राजु) विजय रौनियार र अध्यक्षीय सल्लाहकारमा रमेश रौनियार चयन भएका थिए ।
त्यस्तै रौनियार महिलाको उपाध्यक्षमा पिंकी रौनियार, कोषाध्यक्ष सुनिता रौनियार, महासचिव अनिता रौनियार, सह–सचिव पुजा रौनियार, अध्यक्ष सल्लाहकार सरिता रौनियार, संगिता रौनियार र सदस्यमा विणा रौनियार, रेणु रौनियार, निधी रौनियार, प्रिती रौनियार , पिंकी रौनियार, रुवी रौनियार चयन भएकि थिइन। साथै रौनियार युबा मञ्चको उपाध्यक्षमा सुनिल रौनियार, कोषाध्यक्षमा अमित रौनियार, महासचिवमा मानव रौनियार, सह–सचिवमा अर्जुन रौनियार, अध्यक्षीय सल्लाहकारमा बिजय रौनियार र सदस्यमा राहुल कुमार रौनियार, दिपक रौनियार, रवि रौनियार, अभिषेक रौनियार सुवोध कुमार रौनियार चयन भएका थिए ।
कार्यक्रममा निर्वाचित पदाधीकारीहरुलाई प्रमाण–पत्र वितरण गरीएको थियो । त्यस्तै पुर्व अध्यक्ष महादेव प्रसाद रौनियारलाई भने सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथीको रुपमा रौनियार बैश्य महासंघका केन्द्रीय सदस्यहरु, त्यसंगरी विभिन्न ठाउबाट रौनियार समाजका अध्यक्ष लगायत पदाधीकारीहरुको उपस्थिती रहेको थियो र कार्यक्रममा अतिथी, विशिष्ट अतिथी तथा प्रमुख अतिथी लाई मायाको चिनो समेत प्रदान गरीएको थियो ।
पदस्थापन कार्यक्रममा युवा मञ्चका मानव रौनियारले स्वागत मन्तब्य दिएका थियए भने दुहबि नगरपलिकाका उपप्रमुख सुनिता दाहाल साह, केन्द्रीय उपाध्यक्षले शुभकामना मन्तब्य राखेका थिए । दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले प्रमुख अतिथीको मन्तब्य दिएका थिए ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष जय प्रकाश रौनियारले आफ्नो मन्तब्यमा दुहवीमा रौनियर धर्मशाला बनाउन र ५ कठ्ठा जग्गा दिने घोषणा गरे । कार्यक्रको दोस्रो चरणमा उपस्थित सम्पुर्णले एक आपसमा अविर लगाई होली कार्यक्रम सम्पन्न गरेका थिए । तेस्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि राखेको थियो जस्मा दुहवीका स्थानीय बालबालीकाहरुले फेसन सो, नृत्य तथा विभिन्न नृत्य गरेका थिए। कार्यक्रमको मुल संयोजक राज कुमार रौनियार (राजु) रहेका थिए । कार्यक्रममा कोरोना भाइरसको बारेमा जानकारी दिनुको साथै पम्प्लेट पनि बाँडिएको थियो।