Logo
४ आश्विन २०८१, शुक्रबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको असर हवाई क्षेत्रमा, अहिलेसम्म ५ अर्बको क्षति पुगेको अनुमान

कोरोनाको असर हवाई क्षेत्रमा देखिएको छ । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करीव ५ अर्ब रुपैयाँ बराबरको क्षतिको अनुमान वायुसेवा कम्पनीहरुले गरेका छन् ।
सन् २०२० को पहिलो दुई महिनामा आन्तरिक हवाई यात्रु ४५ प्रतिशतले घटेको अनुमानका आधारमा यस्तो क्षतिको आंकलन गरिएको हो ।
नजिकिएको बसन्तु ऋतुको पर्यटक बुकिङ समेत धमाधम रद्द भइरहेको अवस्थामा आगामी दिनमा अझै नराम्रोसँग व्यवसाय प्रभावित हुने आंकलन कम्पनीहरुको रहेको छ ।
खासगरी नेपालको स्रोत बजार चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत तथा मध्यपूर्वी मुलुकमा कोरोनाले प्रभाव देखाइसकेको छ ।
मुलुकभित्र पनि स्वदेशी र विदेशी पर्यटक आवतजावत गर्न सक्ने अवस्था नरहेका कारण आगामी ६ महिनासम्म पर्यटन पुरानै अवस्थामा नर्फन नसक्ने अनुमान वायुसेवा संचालकहरुले गरेका छन् ।
सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुर्नकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन हवाई व्यवसायीहरुले माग गरेका छन् ।
हवाई इन्धनमा सरकारले लगाएको मुल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तिमा ३० प्रतिशत घटाउन समेत व्यवसायीको माग छ ।
विमानस्थलमा लाग्ने विभिन्न शुल्क सन् २०२० भर शतप्रतिशत छूट हुनुपर्ने माग समेत हवाई व्यवसायीको रहेको छ ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्