Logo
३ मंसिर २०८१, सोमबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभामा कोरोनाभाइरस गतिविधिबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुँदै

आज शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

संघीय संसदले जारी गरेको संभावित कार्यसूची अनुसार नेपाली काँग्रेसका सांसद गगन थापाले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाभाइरसविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का रहेका छन् ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्