Logo
४ आश्विन २०८१, शुक्रबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्खु जेलभित्र के गर्दैछन, अफताब आलम ?

पूर्वमन्त्री आफताब आलम ललितपुरको नक्खु कारागारमा गत कात्तिकदेखि कैद छन् ।१२ वर्षअघि बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर सामूहिक हत्या गरेको आरोप लागेका पूर्वमन्त्री आफताब आलमको जेलभित्रको दैनिकी अरु कैदीको भन्दा फरक देखिएको छ ।

१५ सयभन्दा बढी कैदीबन्दी राखिएको जेलमा आलमको दैनिकी अरु सबैको भन्दा फरक हुनुको कारण उनको जीवनशैली हो ।
जेलभित्र आलम बस्ने कोठामा अन्य तीनजना कैद छन् । आलमको दैनिकी देखेर उनीहरु छक्क पर्छन । आलमको दैनिकी भनेको साँझ अबेर सुत्ने हो, भने बिहान अबेरसम्म सुत्ने हो । उनी बिहान उठ्दा नबाज पढ्छन, साँझ पनि जहिले पनि नबाज पढेरै सुत्छन ।

बिहानी उठ्दा बित्तिकै स्याउ खाने आलमले जेलभित्रको खाना अहिलेसम्म खाएका छैनन् । सबै कैदीबन्दीलाई हरेक दिन ७ सय ग्राम चामल र ६० रुपैयाँ सिदा दिइने भएपनि सरकार दिएको उक्त चामल र सिदा उनले प्रयोग गरेका छैन ।

आलमले पत्रपत्रिका पढ्दैनन भने उनी दिनमा भेट्न आएका आफन्तसँग गफगाफमा रहने गरेको नख्खु जेल स्रोत बताउछ ।

आलमको मुद्दा रौतहटमा छ। पहिलो संविधानसभा निर्वाचनमा पड्काउन भनेर आलमका सहयोगीले २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो। विस्फोटका घाइतेलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि छ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्