सुनको मूल्यसँग डलर पनि उकालो, एक डलरको मूल्य ११७ रुपैयाँ
नेपाली मुद्रा बुधबार अवमूल्यन भएको छ । बुधबार १ डलरको भाउ ३ रुपैयाँले बढेको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार १ डलर बराबर १ सय १७ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो दिनको विनिमय दरअनुसार १ सय १६ रुपैयाँ ६६ पैसा थियो ।