Logo
३ मंसिर २०८१, सोमबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री डा. युवराज खतिवडाको पुनः नियुक्ति हुने

अर्थमन्त्री डा. युवराज खतिवडाको पुनःनियुक्ति हुने भएको छ । डा. खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार (आज) सकिँदैछ । तर प्रधानमन्त्री केपी शर्मा ओलीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीको तर्फबाट डा. खतिवडालाई नै पुनःनियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी भएको छ ।

गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिन लागेको हो । आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबारै राजीनामा दिने तयारी गरेका छन् । तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ ।

त्यसका लागि खतिवडाले मंगलबार राजीनामा गर्ने र भोलि ६ महिनाका लागि अर्थमन्त्री पुनःनियुक्त गर्ने तयारी छ ।  पुनः नियुक्ति हुने भएपछि पुनः डा. खतिवडा नै अर्थमन्त्री रहिरहनेछन् । सांसद नभएपनि प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

गएको बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका डा. खतिवडाले फागुन २१ गते आफूले शपथग्रहण लिने जिकिर गरेका थिए ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्