फरार सिद्धबाबाद्वारा आत्मसमर्पण : थुनाका लागि झुम्का कारागार चलान
प्रदेश १ स्थित सुनसरीको चतराधाम बस्ने कृष्णबाहादुर गिरी भनिने उर्फ सिद्धबाबाले आफ्नै अनुयायी महिलामाथि बलात्कारका अभियुक्तमा सिद्धबाबाले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् ।
सिद्धबाबाले आजै मंगलवार) बिहान आत्मसमर्पण गरेका हुन् आत्मसमर्पण लगत्तै उनलाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरी झुम्का कारागारमा पुर्वपक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला अदालतका निमित्त श्रेस्तेदार निधिराम दाहालले जानकारी दिए । जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाडे पनि उच्च अदालत विराटनगरले थुनामा राखेर कारबाही अगाडि बढाइने आदेश दिएको थियो ।
आदेशकै दिन प्रहरीलाई छलेर उनी फरार बनेका थिए । फरारपछि झण्डै एक महिनापछि मात्रै जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।