Logo
४ आश्विन २०८१, शुक्रबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन, जापानसहित पाँच देशमा अन–अराइभल भिसा रोकियो

सरकारले कोरोना भाइरस (कोभिड(१९) अति प्रभावित पाँच मुलुकलाई अनअराइभल भिसामा रोक लगाएको छ ।

अध्यागमन विभागका अनुसार चीन, इरान, इटाली, कोरिया र जापानलाई अनराइभल भिसामा रोक लगाइएको हो ।

मन्त्रिपरिषद्को आइबारको बैठकले कोरोना संक्रमणबाट प्रभावित मुलुकको भिसा जारी गर्न कडाइ गर्न निर्देशन दिएको थियो । र, गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती पाँच देशमा १० मार्चदेखि लागू हुने गरी अन(अराइभल भिसामा रोक लगाएको हो ।

अध्यागमन विभागले विज्ञप्तिमा उल्लेख गरेअनुसार अब ती मुलुकका नागरिक नेपाल आउन चाहे सम्बन्धित देशमा रहेका नेपाली दूतावास र नियोगमार्फत् भिसा आवदेन दिनसक्नेछन् । स्वास्थ्य परीक्षणको रिपोर्टलाई आधार मानेर सम्बन्धित निकायले भिसा दिन वा नदिन भनेर निर्णय गर्न सक्नेछन् ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्