नेपालमा आयोजना गरिने सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगन
काठमाडौं : नेपाल सरकारले नेपालमा आयोजना गर्ने सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
नेपाल कोरोनाको उच्च जोखिममा भएको र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्थगन गरिएको मन्त्री ज्ञवालीको भनाई छ ।