प्रदेश २ सरकारले होलीको अवसरमा २ दिन सार्वजनिक विदा दिदै
प्रदेश नं २ सरकारले होलीको अवसर पारेर फागुन २६ र २७ गते सार्वजनिक विदा दिने भएको छ ।
यसअघि नेपाल सरकारले होलीको अवसरमा फागुन २६ गते एक दिनमात्र सार्वजनिक विदा दिने गरेको थियो । १५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ ।
फागुन २५ गते यहाँ पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइने भएकोले २ दिन विदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।